‘रामायण’मा यशलाई सुनको पहिरन

लोकपथ
84
Shares

मुम्बई । बलिउड अभिनेता रणवीर कपूर र नितेश तिवारीको फिल्म ‘रामायण’ यतिबेला चर्चामा छ । फिल्ममा रणवीर राम र अभिनेत्री साई पल्लवी सीता चरित्रमा देखिँदैछन् । फिल्ममा ‘केजीएफ’ स्टार यश रावणको भूमिकामा देखिँदैछन् ।

यो फिल्मलाई लिएर अभिनेता यशको बारेमा एउटा नयाँ खबर सार्वजनिक भएको छ । फिल्ममा रावण चत्रिका लागि यशले वास्तविक सुनको पहिरन लगाउने भएका छन् ।

रावणले सुनको लंकमा राज गरेका थिए । त्यहीकारण फिल्ममा यशको पहिरन पनि सक्कली सुनको तया पारिँदैछ । लंकामा रावणको राज्य रहँदा लंकालाई सुनका पनि राजधानी भनिएकाले यशको पहिरन पनि सुनको बनाउन लागिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा यश सह–निर्माता छन् । उनले फिल्मको मुनाफाको २० देखि ३० प्रतिशत पाउँदैछन् । फिल्मको बजेट सय मिलियन अमेरिकी डलर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?