कामना सेवा विकास बैंकले ल्यायो, स्मार्टफोन जित्ने मौका

लोकपथ
49
Shares

काठमाडौं । कामना सेवा विकास बैंक र एफवानसफ्टबिच बैंकका ग्राहकहरूलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा रजिस्टर गरी कुनै पनि रकमको टप–अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरूले रु ५० को टप–अप जित्न सक्नेछन् । यो अफर नयाँ ग्राहकहरूलाई मात्र मान्य हुनेछ ।

त्यसैगरी, ग्राहकहरूले न्यूनतम रु १०० को टप–अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की–ड्र मार्फत एयरबड्स जित्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना ग्राहकहरू दुवैलाई मान्य हुने बैंकले जनाएको छ ।

यसै गरी, कारोबार गर्ने ग्राहकहरू मध्ये एक जना लक्की विजेताले बम्पर पुरस्कारमा स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्त–भर लागु हुनेछ ।

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम बुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?