मनाङमा आठ महिनामा ९ सय ५० सवारीचालक कारबाहीमा

लोकपथ
21
Shares

मनाङ । मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा ५६ ट्रक, आठ सय ३४ कारर जीप, ५० ट्याक्टर र दश मोटरसाइकल गरी सवारीचालक कारबाहीमा परेका हुन् ।

प्रहरी नायब उपरीक्षक एवम् प्रमुख नरेशकुमार सिंहले कारबाहीबाट नौँ लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । त्यसमध्ये ट्रक कारबाहीबाट ५१ हजार, कार जीपबाट आठ लाख २९ हजार पाँच सय, ट्याक्टर कारबाहीबाट ५२ हजार, मोटरसाइकल कारबाहीबाट सात हजार राजस्व सङ्कलन भएको उनले बताए ।

चालु आवको साउनमा ८० सवारीचालकबाट रु ८१ हजार पाँच सय, भदौमा ६७ बाट रु ६५ हजार, असोजमा एक सय ४५ बाट एक लाख ४८ हजार पाँच सय र कात्तिकमा दुई सय ९१ सवारीचालक कारबाहीबाट रु दुई लाख ९५ हजार पाँच सय राजस्व संकलन भएको छ ।

यस्तै मङ्सिरमा एक सय ७५ सवारीचालकबाट एक लाख ६६ हजार, पुसमा ४३ बाट ३८ हजार पाँच सय, माघमा १५ बाट ११ हजार पाँच सय, फागुनमा ४२ बाट रु ३४ हजार र चैतमा ९२ सवारीचालक कारबाहीमा परेकाले रु ९९ हजार राजस्व सङ्कलन गरेको प्रहरीले जनाएको छ ।

मनाङमा कम सवारीसाधन सञ्चालन हुने गरे पनि कानुनी तथा ट्राफिक नियम पालना नगर्दा कारबाहीमा पर्ने गरेका छन् । त्यसैले ट्राफिक नियमको पालना गर्न जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ ।

समय समयमा ट्राफिक नियमको पालना गराउने उद्देश्यले विद्यालयस्तरीय कार्यक्रम तथा स्थानीयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको प्रमुख सिंहले बताए । उनले भने, “मनाङजस्तो विकट ठाउँमा सवारी कारबाही गर्न नपर्ने गरी ट्राफिक नियमको पालना गराउनमा प्रहरी लागिपरेको छ । यसलाई थप व्यवस्थित गर्दै लैजाने छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?