एक सय ६० किलोग्राम गाँजासहित एकजना पक्राउ

लोकपथ
42
Shares

धनकुटा । अवैध लागुऔषध गाँजासहति धनकुटा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

१ सय ६० किलोग्राम अवैध लागुऔषध गाँजासहति प्रहरीले सहिदभूमी गाउँपालिका–४ खोकुबाट सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई पक्राउ प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले खोकुबाट पिप्लेतर्फ जाँदै गरेको प्र. १–०२–००२ च ६५६१ नम्बरको बलेरोलाई जाँच गर्ने क्रममा १२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक युगेनलाई शनिबार राति पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?