पारिश्रमिकमा असहमति हुँदा अनिलले छोडे ‘हाउसफुल ५’

लोकपथ
735
Shares

काठमाडौं । बलिउड फिल्म ‘हाउसफुल’ फ्रेञ्चाइजीको पाँचौं हिस्सा ‘हाउसफुल ५’ को सुटिङ तिब्र रुपमा भइरहेको छ । फिल्म सुटिङको तयारी भइरहँदा फिल्मका कलाकारमा बद्लाव पनि भइरहेको छ ।

यो मल्टीस्टारर फिल्ममा अक्षय कुमार प्रमुख भूमिकामा छन् ।फिल्ममा अनिल कपुर पनि प्रमुख हिस्सा थिए । तर अब भने उनले यो फिल्म छोड्ने निर्णय लिएका छन् । अनिलले पारिश्रमिकमा असहमति जनाएपछि फिल्म छोड्ने निर्णय लिएका हुन् ।

अनिलले निर्माता साजिद नाडियाडवालासँग आफ्नो पारिश्रमिकमा असहमति जनाउँदै फिल्म छोडेका छन् । कास्टिङमा अचानक भएको फेरबदलका कारण निर्माताले अनिलको स्थानमा नाना पाटेकरलाई अभिनय गराउने भएका छन् । अनिलले के कति पारिश्रमिक मागेका हुन् भन्ने प्रष्ट खुलेको छैन ।

फिल्ममा १४ वर्ष पछि अभिनेता अर्जुन रामपाल जोडिएका छन् । अर्जुन ‘हाउसफुल’मा प्रमुख हिस्साका रुपमा थिए । ‘हाउसफुल ५’मा अर्जुनको गम्भीर तर रमाइलो किसिमको भूमिका रहेको बताइएको छ ।

‘हाउसफुल’ फ्रेञ्चाइजी भारतमा ५ भागमा निर्माण भएको पहिलो कमेडी फिल्म बनेको छ । ‘हाउसफुल ५’ एक हाउसफुल युनिभर्स फिल्म हो, जहाँ पछिल्लो भागका सबै चरित्र अलग–अलग स्किलका साथ फिल्ममा देखिँदैछन् । ‘हाउसफुल ५’को कथा यसपटक एक क्रुजमा आधारित छ । हाल यूकेमा म्याराथुन सेड्युलका साथ अगष्ट २०२४ मा यसको सुटिङ सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?