आरजु राणा सहित आठ नेताको उम्मेदवारी टुंगियो, को कहाँबाट लड्दैछन् चुनाव ?

काठमाडौं, १३ कार्तिक । नेपाली कांग्रेसले थप आठ निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । जस अनुसार नेतृ आरजु राणा देउवा कैलालीको निर्वाचन क्षेत्र नम्वर पाँचबाट उम्मेदवार हुने भएकी छिन् सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी राणालाई कैलाली ५ बाट प्रत्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो । राणा यसअघि दुई पटक समानुपातिक सांसद भएकी थिइन् दोस्रो संविधानसभामा प्रधानमन्त्री देउवाले डडेलधुरासँगै कैलाली–५ मा पनि जित हासिल गरेका थिए । तर संवैधानिक व्यवस्था अनुसार देउवाले एक क्षेत्र छाड्नुपरेका कारण यो क्षेत्र छाडेका थिए उप चुनावमा यो क्षेत्रबाट कांग्रेसका पुष्करनाथ ओझा निर्वाचित भएका थिए । ओझालाई स्थानीय तहको चुनावमा अन्तचरघात गरेको आरोप लागेको थियो कांग्रेसले राणा सहित अन्य तीन महिला नेतृलाई पनि प्रत्यक्ष तर्फ उम्मेदवार बनाउने निर्णय गरेको छ । जस अनुसार नेतृ अम्बिका बस्नेतलाई काठमाडौं क्षेत्र नम्बर ३, महालक्ष्मी डिना उपाध्याय अर्याललाई मकवानपुर २ र सीता गुरुङलाई तेह्रथुमबाट उम्मेदवार बनाउने भएको हो यस्तै गुल्मी १ मा चन्द्र भण्डारी र गुल्मी २ मा चन्द्र केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकले सुर्खेत २ मा नेता हृदयराम थानी र सल्यानमा राजेन्द्रबहादुर शाहलाई उम्ममेदवार बनाउने निर्णय गरेको छ । अन्य क्षेत्रका बारेमा भने छलफल जारी रहेको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?