एकैदिन दुई भयानक दुर्घटना, १५ जनाले गुमाए ज्यान

काठमाडौं, १३ कात्तिकउदयपुर र गुल्मीमा भएको दुर्घटनामा १५ जनाको ज्यान गएको छ भने ८ घाइते भएका छन् उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नम्बरको सुमो जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतक मध्ये ७ पुरुष र १ महिला रहेका छन् । उनीहरुको सनाखत हुन बाँकी रहेको छ जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ५०० मिटर तल खसेर थियो दुर्घटनामा चालक र एक महिला तथा एक बालक घाइते भएको पनि प्रहरीले जनाएको छ । उनीहरुको कटारी अस्पतालमा उपचार भइरहेको छ आजै गुल्मीमा भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो । यस्तै ६ जना घाइते भएका छन् बुटवलबाट तम्घासतर्फ गइरहेको माइक्रो बस गुल्मी दरबार गाउँपालिका–३ स्थित वीरबास भन्ने स्थानमा सोमबार दिउँसो दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?