काठमाडौंमा हिमालयन लिटरेचर फेस्टिभल हुने, तयारी अन्तिम चरणमा

लोकपथ
77
Shares

काठमाडौं । न्युयोर्क राइटर्स वर्कसपले काठमाडौंमा अन्तर्राष्ट्रिय साहित्यिक कार्यशाला एवम हिमालयन लिटरेचर फेस्टिभल आयोजना गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वर्कसपले ह्वाइट लोटस बुक सप ललितपुरसँगको सहकार्यमा यही जेठ १० गते साहित्यिक सम्मेलन आयोजना गर्ने र जेठ १४ र १५ हिमालयन लिटेचर फेस्टिभलमा परिणत गर्ने जानकारी दिइएको छ ।

फेस्टिभलमा प्यानल छलफल, विभिन्न भाषाका कविता वाचन, पुस्तक विमोचन र विभिन्न विधाका लेखकहरूसँग अन्तरक्रियाहरु हुने आयोजकले जनकारी दिएको छ ।

हिमालयन लिटरेचर फेस्टिभलका संरक्षक एवं हिमालयन कवि युयुत्सु आरडी शर्माले काठमाडौंमा कार्यशाला तथा सम्मेलनको नयाँ संस्करणको आयोजना गर्न पाउँदा हर्षित भएको बताए ।

एउटा प्लेटफर्म सिर्जना गरी साहित्यलाई मात्र नभई समुदायको भावनालाई बढावा दिने र रचनात्मकतालाई प्रेरित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको उनको भनाई छ ।

उनले भने,‘यस वर्ष हिमालयन लिटरेचर फेस्टिभल सुरु गर्न पाउँदा हामी हर्षित छौं । हाम्रो लक्ष्य एउटा प्लेटफर्म सिर्जना गर्ने हो जसले साहित्यलाई मात्र होइनसमुदायको भावनालाई बढावा दिन्छ र रचनात्मकतालाई प्रेरित गर्दछ ।’

महोत्सवमा नेपालका लागि अष्ट्रेलियाली राजदूत तथा साहित्यकार फेलिसिटी भोल्क, पोल्यान्डका कवि सन भान र डारियस लेबियोडा, पानामानियन कवि गोर्का लासा, दक्षिण अफ्रिकी कवि तथा कलाकार जाहरोज जाफ्ता, अमेरिकी कविहरू रुथ डेनन, पिटर एलेनस्पच र उनकी पत्नी दा माओ, अंग्रेजी कवि मारिया क्लेयर हिथ, ग्रीक कवि, लेखक तथा शिक्षक भयासिलिस मनुसाकिस सहभागी हुनेछन् ।

महोत्सव काठमाडौं ठमेलमा रहेको काठमाडौं गेस्ट हाउसमा हुनेछ । कार्यक्रममा करिब तीन दर्जनबढी नेपाल साहित्यकार एवम लेखकहरु प्रत्यक्ष सहभागी हुनेछन् । सहभागी सर्जकहरूले कार्यशालामा तयार गरेका आफ्ना साहित्यिक रचनाहरू प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?