‘गाउँ आएको बाटो’ विजेतालाई मोबाइल फोन

लोकपथ
65
Shares

काठमाडौं । निर्देशक नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ले ‘चिठ्ठी प्रतियोगिता’को आयोजना गरेको छ ।

फिल्म युनिटले ‘आफ्ना बुबालाई आफ्ना छोराछोरीलाई चिठ्ठी लेख्नुहोस् र पढेर भिडियो बनाउनुहोस अनि जित्नुहोस आर्कषक मोबाइल फोन’ भन्ने प्रचार सामाग्री सार्वजनिक गर्दै प्रतियोगिता आयोजनाको जानकारी दिएको हो ।

निर्माण टिमले जेठ ३ गतेबाट २२ गतेसम्म पठाइएका भिडियोलाई प्रतियोगितामा सहभागी गराइने उल्लेख गरेको छ । प्रतियोगीले चिठ्ठी प्रतियोगिताको भिडियोमा अनिवार्य रुपमा फिल्मको नाम र प्रदर्शन मिति राख्नुपर्ने सर्त राखेको छ ।
त्यसमा भिडियो निर्माण कम्पनी बाँसुरी फिल्मस्को पेजमा ट्याग गर्नुका साथै बाँसुरी फिल्मस्को युट्युब च्यानल सब्सक्राइभ गरेको हुनु पर्ने शर्त निर्माण टिमको छ ।

प्रतियोगितामा प्रथम हुनेले ‘होनोर एक्सनाइनबी’, दोस्रो हुनेले ‘होनोर एक्सएटबी’ र तेस्रो हुनेले ‘होनोर एक्ससेभेनबी’ पुरस्कार स्वरुप जित्नेछन् ।

फिल्मले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई) र उनीहरूको सात वर्षे छोरा बिन्द्रे (प्रसान राई)को जीवनमा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र संघर्षको कथा पेस गर्नेछ । यही जेठ २५ गतेबाट रिलिज हुने फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमूख भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?