काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने

लोकपथ
413
Shares

काठमाडौं । अहिले बिहान काठमाडौं उपत्यकाको तापक्रम २० दशमलव २ डिग्री सेल्सियस छ । दिउँसो यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसकाबीच रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभावले कोशी र मधेस प्रदेश समेत पहाडी भागमा आंशिक बदली रहने विभागको अनुमान छ । तराई क्षेत्रमा भने मौसम सफा रहने उल्लेख छ ।

आज दिउँसो कोशी तथा मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको हुने अनुमान गरिएको छ ।

तर, तराईका कतिपय स्थानमा तापक्रम ४० डिग्री भन्दा माथि पुगेकाले त्यहाँ तातो हावा चल्ने भन्दै सर्तकता अपनाउन विभागले आग्रह गरेको छ ।

आजदेखि आइतबार (६ जेठ) सम्म तराईका जिल्लामा गर्मी अधिक हुने हुनाले त्यसको असरबाट जोगिन सकेसम्म घरबाट बहिर ननिस्कन विभागले नागरिकलाई आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?