उदयपुरमा अर्को दुर्घटना, ८ जनाको मृत्यु

उदयपुर, १३ कार्तिकउदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नम्बरको सुमो जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतक मध्ये ७ पुरुष र १ महिला रहेका छन् । उनीहरुको सनाखत हुन बाँकी रहेको छ जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ५०० मिटर तल खसेर थियो दुर्घटनामा चालक र एक महिला तथा एक बालक घाइते भएको पनि प्रहरीले जनाएको छ । उनीहरुको कटारी अस्पतालमा उपचार भइरहेको छ आजै गुल्मीमा भएको जीप दुर्घटनामा ७ जनाको जयान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?