वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अर्घाखाँची सन्धीखर्क नगरपालिका-७ घर भई काठमाडौं डिल्लीबजार बस्ने ३१ वर्षीय दिलिप कुमार पाण्डे र गोरखा शहिद लखन गाउँपालिका-९ घर भई काठमाडौं सामाखुशी बस्ने ३३ वर्षीय रामेश्वर काप्री रहेका छन् ।

पक्राउमध्ये दिलिपले पोल्याण्ड पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५ हजार रूपैयाँ र रामेश्वरले कतार पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दिलिपलाई काठमाडौं नयाँ बानेश्वर र रामेश्वरलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?