जलवायु परिवर्तन असरको पहिलो मार नेपालले खेप्नुपर्छ : मन्त्री शर्मा

लोकपथ
7
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तन सिंगो तटीय क्षेत्रको साझा समस्या हो भन्ने तथ्यलाई स्थापित गरेर यसविरुद्धको लडाईलाई विश्वव्यापी एजेण्डाका रुपमा स्थापित गर्न नेपालसहित विश्वभरिका सञ्चारमाध्यमहरुले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताएकी छिन् ।

बिहीबार ‘नेपाली सञ्चार माध्यममा वातावरणीय संकटका विषयमा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले वातावरणीय संकटको चुनौती विश्वव्यापी रुपमा बढ्दै गइरहेको अवस्थामा जलवायु परिवर्तनबारे उत्पन्न हुने संकटको पहिलो मार नेपालले खेप्नु परेको बताएकी हुन् ।

उनले भन्,ि ‘वातावरणीय संकटको पीडा नेपाल जस्तो गरिव देशले भोग्दै आएको छ । वातावरणीय संकटको चुनौती विश्वव्यापी रुपमा बढ्दै गइरहेको अवस्थामा जलवायु परिवर्तनले उत्पन्न हुने संकटको पहिलो मार नेपालले खेप्नु परेको छ । यो सिंगो तटीय क्षेत्रको साझा समस्या हो भन्ने तथ्यलाई स्थापित गरेर यसविरुद्धको लडाईलाई विश्वव्यापी एजेण्डाका रुपमा स्थापित गर्न नेपालसहित विश्वभरिका सञ्चार माध्यमहरुको महत्वपुर्ण भूमिका हुन्छ । हामीले जलवायु परिवर्तनको अझै बढी समस्या भोगिरहेको अवस्थामा हाम्रा सञ्चार माध्यमले अझै बढी भुमिका खेल्नुपर्दछ ।’

जलवायु परिवर्तनको असर नेपालका हिमालमा परिरहेको भन्दै सरकारले निरन्तर विश्वसमुदायलाई सचेत गराउँदै आएको उनले स्पष्ट पारिन् ।

उनले भनिन्, ‘यसको लागि नेपाल सरकारले निरन्तर विश्वसमुदायसँग आह्वान गर्दै आएको कुरा पनि यहाँहरुलाई अवगत गर्न चाहन्छौं । संचार माध्यमहरुलाई जिम्मेवार बनाउन सरकार प्रतिवद्ध छ । सरकारले विषेश ध्यान दिनु पनि पर्दछ । सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय नीति तर्जुमा गरेको छ । यसकै आधारमा रहेर हामीले प्रचार प्रसारको नीति र आवश्यक संयन्त्र बनाउनु आजको आवश्यक्ता हो ।’

आज संसद चलेको अवस्थामा ‘मिडिया काउन्सिल विधेयक’ दर्ता गर्ने तयारी रहेको मन्त्री शर्माले उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?