जबरजस्ती करणी मुद्दामा फरार रहेका दुई प्रतिवादीहरु पक्राउ

लोकपथ
70
Shares

काठमाडौं । जबरजस्ती करणी मुद्दामा फरार रहेको दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी पिपरा गाउँपालीका वडा नं.५ घर भई हाल कलंकी बस्ने २० वर्षीय सौरभ झा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालीका-९ घर भई हाल बाफल बस्ने २२ वर्षीय साजन अधिकारी रहेका छन् ।

उनीहरूले कलंकी मा रहेको लोमस गेष्ट हाउस भित्र परिवर्तित नाम (२६ वृत कालिमाटी ०८०/०८१(३) लाई पटक पटक जबरजस्ती करणी गरेको मुद्दामा फरार रहेका प्रतिवादीलाई काठमाडौ अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सौरभ झालाई बाफल र साजन अधिकारीलाई ठमेलबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धानको लागि प्रहरी वृत्त कालीमाटी पठाईएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मी जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?