चार बजेलाई सर्यो प्रतिनिधिसभाको बैठक

लोकपथ
35
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक अपराह्न चार बजे बस्ने भएको छ ।

आज बिहान ११ बजेलाई बोलाइएको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले चार बजेलाई सारिएको संसद सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने अडान लिंदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?