पाथीभरामा एक महिनामा ६९ लाख भेटी सङ्कलन

लोकपथ
0
Shares

ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक दाखिला गरिएको बताए । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

गत महिना ५१ हजार आठ सय चार जनाले देवीको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार दुई सय ७२ जना पाथीभरा आएका समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?