सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन नेकपा एसको माग

लोकपथ
143
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन माग गरेको छ ।

ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको हो ।

ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको बैठकको निष्कर्ष सुनाएका हुन् ।

‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशी दुरुपयोग गरेर आर्थिक तथा वित्तीय अपराध गरेका दुखद घटना सार्वजनिक भइरहेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘यस सन्दर्भमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानका लागि छानविन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?