निःसन्तानपनबारे सचेतना फैलाउन -याली

लोकपथ
0
Shares


चितवन । निःसन्तानपन र त्यसका कारण परिवार र समाजमा हुने घरेलु हिंसाबारे सचेतना फैलाउन चितवनमा -याली निकालिएको छ । बुधबार अन्तर्राष्ट्रिय परिवार दिवसको सन्दर्भमा शिशु फर्टिलिटी क्लिनिक, भरतपुर नगरपालिका र जेसीआई नारायणगढले संयुक्तरुपमा सचेतनामूलक -याली निकालेका हुन् ।

निःसन्तानपनका कारण समाजमा हुने घरेलु हिंसाको अन्त्य गर्न, निःसन्तानपन यात्रामा परिवारको सहयोगको महत्व तथा निःसन्तानपनको समाधानका उपायहरुका विषयमा सर्वसाधारणमा सचेतना फैलाउन ¥यालीको आयोजना गरिएको शिशु फर्लिलिटीकी सिइओ सविना बजगाईंले जानकारी दिइन् ।

उनका अनुसार नेपालमा निःसन्तानपन एक बढ्दो चुनौतीको रुपमा देखिएको छ भने निःसन्तानपन भएका जोडीहरुलाई समाजले नकारात्मक दृष्टिकोणले हेर्दा अनेक समस्याहरु निम्तिएका छन् । जसकारण ती जोडीहरुको जीवनमा सामाजिक सम्मान र समर्थनको अभाव छ । ‘यो असम्बद्धता र विभेदले उनीहरूलाई मानसिक र आत्मिक रूपमा पराजित गराउँछ ।

निःसन्तानपन नेपालमा दुर्व्यबहार र घरेलु हिंसाको कारण पनि बन्दै आएको छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा परिवारको साथ नपाउँदा, जीवन अधिक कठिन बन्छ । परिवारले बुझेर साथ दिएपछि पनि निकै मानसिक र भावनात्मक चुनौतीहरू कम हुन्छन् ।’

शिशु फर्लिलिटीले निःसन्तानपनका कारण हुने समस्याहरुको समाधानका लागि विभिन्न प्रयास गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?