खिलराज रेग्मी भन्छन्–नत्र अर्को खिलराज जन्मन्छ (भिडियो सहित)

काठमाडौं, १३ कार्तिक । दोस्रो संविधानसभाको निर्वाचन गराउनका लागि गैर राजनीतिक व्यक्ति अर्थात् सर्बोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मुलुकको ताला चावी बुझाइएको थियो दलहरुबीचको वाद विवाद र राजनीतिक दाउपेचका कारण रेग्मीले मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी पाएका थिए । अहिले पनि मुलुक निर्वाचनको संघारमा छ प्रमुख दलका नेताहरुका बीच आरोप प्रत्यारोप चलिरहेको छ । वाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गर्न नचाहेको आरोप लगाइरहेका छन् भने प्रधानमन्त्री देउवाले आफु जुनै हालतमा चुनाव गराउने पक्षमा रहेको दाबी गर्दै आएका छन् यस बीचमा अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले भने तोकिएकै मितिमा चुनाव नभए मुलुक खतरामा पर्ने चेतावनी दिएका छन् एक टेलिभिजन अन्तरवार्ताका क्रममा रेग्मीले मंसिर १० र २१ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नभए मुलुक संकटमा फस्ने र मुलुकमा फेरि अर्को खिलराज रेग्मी जन्मनसक्ने खतरा औंल्याए रेग्मीले अहिले दलहरुले संयमतापुर्वक निर्वाचनलाई सफल पार्नका लागि भुमिका खेल्नुपर्ने बताए https://youtu.be/cya6z10wB5c

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?