सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

लोकपथ
0
Shares

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बिहान साढे १० बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

उनले यसअघि दुई पटकसम्म विश्वासको मत लिने प्रयास गरेपनि सत्तारुढ दल नेकपा एमालेले विश्वासको मत नदिने अडान लिएका कारण बैठक स्थगित गरिएको थियो । यसपटक भने एमालेले पनि मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी संविधानको धारा १६८ (२) अनुसार ६ वैशाखमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
एमालेले विश्वासको मत दिने निर्णय गरेसँगै उनले विश्वासको मत पाउने निश्चित छ ।

५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?