एनएमअरएफले कार रेली र राष्ट्रिय अटोक्रस च्याम्पियनशिप आयोजना गर्ने

लोकपथ
7
Shares

काठमाडौं । नेपाल मोटर स्पोट्र्स एन्ड रोड सेफ्टि फेडेरेसन (NMRF) ले विश्व पर्यावरण दिवसको अवसर पारेर NMRF ले MOSROS ललितपुर-चन्द्रागिरी सम्पदा कार रेली र राष्ट्रिय अटोक्रस च्याम्पियनशिप आयोजना गर्ने घोषणा गरेको छ ।

यो रोमांचक मोटर स्र्पोट्र्स कार्यक्रम मार्फत मोटर स्पोट्र्सको कार्यको साथमा नेपालका मनोरम तथा पुरातत्विक सम्पदाको प्रचार प्रसार गर्ने उद्देश्य रहेको बताइएको छ ।

रेली ललितपुरको जावलाखेल मैदानबाट शुरू हुनेछ भने ललितपुरको विभिन्न पुरातात्विक सम्पदा स्थलहरू घुम्दै मातातिर्थमा पुगेर समापन हुनेछ ।

यस कार्यक्रममा दुई रोमाञ्चक खण्ड हुनेछ, समय- गति-दुरी (TSD) रेली र अटोक्रस । TSD रेलीमा ड्राइभरहरूले तोकिएको गती, चालमा गाडी चलाउनुपर्नेछ भने समय, गति, र दुरीको आधारमा ड्राइभरहरूले प्रतिस्पर्धा गर्नेछन् ।

सबैभन्दा सटिक प्रतिस्पर्धीलाई पहिलो, दोस्रो, र तेस्रो स्थानमा पुरस्कृत गरिनेछ । सबै गाडिहरु जिपियस मेसिनले ट्रर्याकिंग गरिरहेको हुनेछ ।

अटोक्रोस खण्ड मातातिर्थमा हुनेछ, जसमा राष्ट्रिय ड्राइभरहरूले उत्कृष्ट प्रदर्सनी गर्ने छन् । अटोक्रसमा भाग लिने गाडीहरूको श्रेणी १००० -१६०० सीसी हुनेछ ।

रेलीको लागि सबै सिसिका कारहरुले सहभागिता जनाउन पाउनेछन् भने यस प्रतियोगितामा अधिकतम २५ गाडीहरू रहने छन्, प्रत्येकमा ड्राइभर र एक नेभिगेटर हुनेछन् ।

ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको सहयोग र आबद्दता सहित हुन गईरहेको यस -यालीमा ललितपुर, काठमाडौंसहित किर्तिपुर, चन्द्रागिरी लगायतका सम्पदाहरुलाई मोटर स्पोट्र्सका माध्यमबाट विश्वस्तरमा पुर्याउने बिस्वास लिइएको छ ।

NMRF ले गर्ने यस प्रतियोगिताले खेल साथ साथै ललितपुर ९ चन्द्रागिरीका पुरातात्विक सम्पदामा नेपालको समृद्धपन अन्तरास्ट्रिय जगतमा फैलिने र पर्यावरणीय संरक्षणमा हाम्रो समर्पणको अवलोकन गराउने NMRF अध्यक्ष दीपक आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?