गाडी चोरीमा संलग्न व्यक्ति पक्राउ

लोकपथ
0
Shares


ललितपुर । गाडी चोरीमा संलग्न रहेका एकजना पक्राउ परेका छन् । ललितपुरका विभिन्न स्थानहरूमा पार्किङ गरी राखेका बा.१५ च ९८२५, बा.१२ च ४७०६ र बा.७ च ७७० नम्बरका ३ वटा पिकअप गाडीहरू श्रृखलावद्ध रूपमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेको हुन् ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका–५ घर भई ललितपुर सानेपा वस्ने २९ वर्षीय गणेश वहादुर गौतम रहेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँगको समन्वयमा गौतमलाई काभ्रे भुम्लु गाउँपालिका–१० दोलालघाटबाट पक्राउ गरेको हो ।

उक्त गाडीहरू चोरी भएको घटनाको अनुसन्धान तथा खोजतलास गर्ने क्रममा बा.१५ च ९८२५ नम्बर र बा.१२ च ४७०६ नम्बरको गाडीहरूको ब्याट्री नभएको अवस्थामा नैकाप र सतुङ्गलबाट फेला परेको थियो ।

साथै बा.७ च ७७० नम्बरको पिकअप गाडी इलाका प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानिखोलाबाट नियन्त्रणमा लिइएको थियो ।

उनलाई ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?