सन्दीपको मुद्दामा सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी

लोकपथ
392
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा जारी सुनुवाइमा दुवैतर्फका कानुन व्यवसायीको बहस र जवाफी बहससमेत सकिएको हो ।

उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीका अनुसार अहिले बहस सकिएको छ र न्यायाधीशहरु छलफलमा जुटेका छन् । आज साँझसम्म फैसला सुनाउने तयारी भएको छ ।

उच्च अदालतले सन्दीपलाई सफाइ दिएमा उनले टी–२० वर्ल्डकप खेल्न पाउनेछन् । जिल्ला अदालतकै फैसला सदर भएमा उनले ८ वर्ष जेल सजाय बिताउनुपर्नेछ भने उच्च अदालतले पीडित बालिग रहेको ठहर गर्ने जिल्ला अदालतको फैसला उल्टाएर नाबालिग ठहर गरेमा उनी कम्तीमा १२ वर्ष जेलमा बस्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?