पाकिस्तानले कब्जा गरेको कश्मीरमा हिंसा जारी

लोकपथ
168
Shares

काठमाडौं । पाकिस्तान कब्जा गरेको कश्मीरमा जारी हिंसा र विरोध प्रदर्शनका बीच एक कश्मीरी संगठनले पीओके (यूनाइटेड कश्मीर पीपल्स नेशनल पार्टी) का जनताले आफ्नो अधिकार नपाउँदासम्म लडाइँ जारी रहने घोषणा गरेको छ।

बेलायतमा रहेको युनाइटेड कश्मीर पिपुल्स नेशनल पार्टीले एक विज्ञप्ति जारी गरी पीओकेका जनतालाई दशकौंदेखि आफ्नो मौलिक अधिकारबाट वञ्चित गरिएको र यस क्षेत्रका प्राकृतिक स्रोतहरूको दोहन भइरहेको बताएको छ।

पाकिस्तान प्रशासित कश्मीरमा बढ्दो मूल्य, बढ्दो मुद्रास्फीति र महँगो बिजुलीको विरोधमा हालै पीओकेमा हिंसा भड्किएको थियो। जसका कारण पीओकेमा प्रदर्शनका क्रममा धेरै अराजकता भएको थियो। भीडलाई नियन्त्रण गर्न पाकिस्तानले सेना र प्रहरी तैनाथ गरेको र पाकिस्तानी रेन्जर र प्रहरीको गोली हानाहानमा तीन जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । जसका कारण जनताहरु थप आक्रोशित बनेका छन् ।

यस्तै प्रदर्शनका क्रममा धेरै नेता पक्राउ परेका छन् । अहिले आन्दोलन शान्त भएपनि छिटफुट हिंसाका घटना भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?