गाम्चामा ड्रायगनको चौथो बृहत् सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम

लोकपथ
273
Shares

काठमाडौं । बुढानिलकण्ठ-१३ मा वैशाख त्रयोदशी अर्थात् बचलाथ्व त्रयोदशीदेखि श्री नौलिन (नौलिङ्गेश्वरी) भद्रकाली जात्रा सुरू हुँदैछ ।

काठमाडौं उपत्यकाको प्राचीन एवं सबैभन्दा पुरानो कालीमन्दिरमध्येको एक मानिने नौलिन (नौलिङ्गेश्वरी) मन्दिरको यो जात्रा पनि प्राचीन जात्रामध्येको एक हो ।

यही अवसरमा ड्रायगन युवा क्लबद्वारा चौथो बृहत साँस्कृतिक तथा साङ्गीतिक कार्यक्रम घोषणा गरेको छ। यस कार्यक्रममा स्थानीय कलाकारहरूका साथै राष्ट्रीय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रमकाे संयोजक रमेश श्रेष्ठ प्रवेश ले जानकारी दिएका छन् ।

कार्यक्रम २०८१ जेठ १० गते, बुद्ध जयन्तिका दिन बुढानिलकण्ठ-१३, गाम्चा चौरमा सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् । यस कार्यक्रममा स्थानीय कलाकारहरू लगायत शान्तिश्री परियार, अस्मिता अधिकारी, प्रीती आले, मेलिना मैनाली, सरोज लामिछाने र कमल खत्री समेतको प्रस्तुती रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?