रूपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
112
Shares

रूपन्देही । रूपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । देवदह नगरपालिका–१ विर्तास्थित माँ वैष्णु साबुन फ्याक्ट्रीमा मेसिनको नट खोल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही नगरपालिका–११ रेहेरा बस्ने ४५ वर्षीय विर बहादुर गुरूङ रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?