छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलस्थित सडकमा प्रदेश ०२–००८ प ९२९६ नम्बरको स्कुटर र बा.प्र.०२–००१ प ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल वतन नखुलेका करिब २७ वर्षीय रञ्जन थापा रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोद्या अस्पताल बल्खुमा उपचारको क्रममा मंगलबार बेलुकी मृत्यु भएको हो ।
मोटरसाइकल र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्कास्थित सडकमा बा.प्र.०२–०२८ प ४४६० नम्बरको मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने लाल बहादुर बोहराको छोरा ९ वर्षीय युवराज बोहरा रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ पर्ती टोलस्थित सडक छेउमा राकी राखेको ज।१ त ५१९० नम्बरको ट्याक्टरमा प्रदेश २–०३–०२१ प ११६८ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–९ बेला बस्ने २८ वर्षीय संजित साहको मंगलबार बेलुकी घटनास्थलमै मृत्यु भएको हो ।
हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

साथै दाङको घोराही उपमहानगरपालिका–१३ हेलो टावरस्थित सडकमा रा।५ प ४९०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा रून्टीगढी गाउँपालिका–५ घर भई हाल दाङ घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने ३२ वर्षीय सागर घर्ती रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?