छुट्टाछुटै स्थानबाट अवैध लागुऔषधसहित चारजना पक्राउ

लोकपथ
14
Shares

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागुऔषधसहित चारजना पक्राउ परेका छन । सुनसरीको देवानगंज गाउँपालिका–५ मेहता टोलबाट अवैध लागुऔषध गाँजा ४ सय ४० किलोग्राम, १ लाख ५० हजार भारतीय रूपयाँ र ५२ हजार नेपाली रूपैयाँसहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी नगरपालिका–१४ बस्ने २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, मोरङ लेटाङ नगरपालिका–६ बस्ने बल बहादुर लिम्बु र सुनसरी देवानगंज गाउँपालिका–४ बस्ने ३० वर्षीय अरबिन्द पाल रहेका छन् ।

इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरी टोलीले राजगंज सिनबारीबाट साहेबगंजतर्फ जाँदै गरेको को.१ ख ७१२३ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा १३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला उनीहरुलाई मंगलबार राति पक्राउ गरेको हो ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१७ आइसिपी रोडबाट अवैध लागूऔषध गाँजा २ सय ५० किलोग्रामसहित एकजना पक्राउ परेका छन् ।

धनकुटा सहिदभुमी गाउँपालिका–३ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानमा प्रदेश १–०२–०२ च.६३३१ नम्बरको पिकअप भ्यानमा गाँजा अनलोड गर्दै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पिकअपका चालक किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?