विद्यार्थी नेता समातिएपछि वैद्यनिकट विद्यार्थीले गर्यो शैक्षिक हडतालको घोषणा

लोकपथ
350
Shares

काठमाडौं । मोहन वैद्यनिकट अखिल क्रान्तिकारीका संयोजक मिलन राईलाई प्रहरीले पक्राउ गरेको भन्दै उक्त संगठनले शैक्षिक हड्तालको घोषणा गरेको छ । अखिल (क्रान्तिकारी)ले जेठ ६ गते शैक्षिक हडतालको घोषणा गरेको हो ।

वैशाख ३० गते राति अखिल क्रान्तिकारीका संयोजक मिलन राईले बालाजु प्रहरीले रानीवनबाट पक्राउ गरेको थियो । वैशाख ३० गते पक्राउ परेका राईलाई जेठ १ गते अदालतबाट अभद्र व्यवहारको कसुरमा म्याद लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार संयोजक राई लगायतका विद्यार्थीका समूहले विभिन्न शैक्षिक संस्थाहरुमा चन्दा आतंक मच्चाएको र चन्दा नदिएमा भौतिक कारवाहीसम्मको धम्की दिएको बताएको छ ।

यता अखिल क्रान्तिकारीले भने मंगलबार विज्ञप्ति निकाल्दै प्रहरी प्रशासन शैक्षिक माफियासँग मिलेर दुख दिएको र राईलाई तत्काल रिहा गर्न माग गरेको छ । राईलाई तत्काल रिहा नगरेमा गृहमन्त्रीको पुत्ला जलाउने, मशाल जुलुस गर्ने र शैक्षिक हड्ताल गर्नेसम्मको चेतावानी दिँदै सह संयोजक पेशल दाहालले विज्ञप्ति जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?