सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ जारी, अदालतबाहिर कडा सुरक्षा

लोकपथ
238
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर मुद्दाको पुनरावेदनको सुनुवाइ आज पनि निरन्तर हुँदैछ ।

सन्दीप लामिछानेको मुद्दामा सुनवाइ जारी हुँदा पाटन उच्च अदालतबाहिर भने सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

हिजोको सुनवाइमा मिडियाकर्मीलाई अदालतभित्र प्रवेश दिइएको भएपनि आजको सुनवाइमा भने मिडियाकर्मीलाई समेत गेटभित्र प्रवेश गर्न दिइएको छैन । उच्च अदालतको गेटदेखि हरिहर भवनसम्म बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मंगलबारबाट निरन्तर सुनुवाइ भइरहेको छ ।

हिजो हेर्दाहेर्दैमा परेको मुद्दाको सुनवाइ आज बिहान ११ बजेबाट उच्चमा सुरु भएको हो । आजै मुद्दाको फैसला सुनाउने तयारी छ ।

उच्च अदालतले सन्दीपलाई सफाइ दिएमा उनले टी–२० वर्ल्डकप खेल्न पाउनेछन् । जिल्ला अदालतकै फैसला सदर भएमा उनले ८ वर्ष जेल सजाय बिताउनुपर्नेछ भने उच्च अदालतले पीडित बालिग रहेको ठहर गर्ने जिल्ला अदालतको फैसला उल्टाएर नाबालिग ठहर गरेमा उनी कम्तीमा १२ वर्ष जेलमा बस्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?