एपलले लियो ‘तेन्जिङ’को अधिकार

लोकपथ
77
Shares


लसएन्जल्स । आरोही तेन्जिङ नोर्गे शेर्पाले सर एडमण्ड हिलारीका साथ सन् १९५३ मा सगरमाथा आरोहणको यात्राको विवरण अब दर्शकले फिल्ममा हेर्न सक्नेछन् । एपल ओरिजिनल फिल्मस्ले निर्माण गर्न लागेको फिल्म ‘तेन्जिङ’ यतिबेला कास्टिङ चरणमा छ ।

फिल्ममा प्रमुख अभिनेता छन् टम हिडलस्टन । फिल्ममा उनी न्यूजील्याण्डका पर्वतारोही हिलारीको भूमिकामा देखिनेछन् ।
विलेम डेफा कर्नल जोन हन्टको भूमिकामा छन् । फ्रान्समा जारी ‘कान्स फिल्म फेस्टिभल’ सुरु हुनासाथ एपलले यो प्रोजेक्टको अधिकार लिएको छ । कान्सको तीन दिनमा हुने प्रमुख सम्झौतामा यो पनि एक हो ।

फिल्मको निर्देशन जेनिफर पीडोमले गर्नेछन् । यो फिल्म यूके–अष्ट्रेलियाइई प्रोडक्सन समूह सी–साँ फिल्मस्ले निर्माण गर्नेछ । पीडोमले हालैमात्र शेर्पा समुदायको एउटा वृत्तचित्र बनाएका थिए । त्यसले तेन्जिङ परिवारसँग पीडोमको सम्पर्क बनेको छ । फिल्मको पटकथा ल्युक डेविसले लेखेका हुन् ।

सी–साँ फिल्मस्का लिज वाट्स, एमिल शर्मन, इयान केनिङ, डेसरे आर्मस्ट्रङ, पीडोम र डेविस यो फिल्म निर्माण गर्दैछन् । फिल्ममा साइमन गिलिस, डेविड मिचोड र तेन्जिङका छोरा नोर्बु फिल्मका कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?