उपेन्द्र यादवको मुद्दा न्यायाधीश शर्माको इजलासमा

लोकपथ
154
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटलाई न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ ।

जनता समाजवादी पार्टीको आधिकारिकता अशोक राई नेतृत्वलार्य दिने निर्वाचन आयोगको निर्णयविरुद्ध उनी अदालत पुगेका थिए ।

वैशाख ३१ गते दायर भएको रिट बुधबार एक न्यायाधीशको इजलासमा पेसी तोकिएको हो । यादवले निर्वाचन आयोगको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी जनता समाजवादी पार्टीको नेर्तत्व आफूलाई नै दिन माग गरेका छन् ।

बुधबारको पेसीमा अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा एक न्यायाधीशको इजलासमा सुनुवाइ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?