पर्वतीय पर्यटन विकास गर्न ग्रेट हिमालयन ट्रेल योजना

लोकपथ
0
Shares

काठमाडौं । सरकारले आकर्षक पर्यटकीय गन्तव्यका रूपमा नेपाललाई विकास गर्न ‘ग्रेट हिमालयन ट्रेल’ पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिने जनाएको छ ।

मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पर्यटन क्षेत्रका कार्यक्रमको पुर्नसंरचना गरिने बताए ।

उनले पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण कार्यलाई सरकारले तीव्रता दिने उल्लेख गर्दै भने, ‘पर्यटकीय सम्भावना भएका पहाडी भूभागमा स्थानीय स्रोतसाधनको प्रयोग तथा रोजगारी सिर्जना हुनेगरी तीनै तह र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्यको विकास गरिनेछ । ग्रेट हिमालयन ट्रेल लगायतका पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइनेछ ।’

यस्तै सरकारको नीति कार्यक्रममा पर्यटकीय वस्तुको विकास, बजारीकरण र सहज पहुँचको व्यवस्था गरी नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने, राष्ट्रिय पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरी पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्धन गरिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?