वैद्यनिकट अखिल क्रान्तिकारीका संयोजक मिलन राई पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । राईलाई सोमबार राति काठमाडौंको रानीवनबाट पक्राउ गरिएको हो ।

राईलाई सोमबार राति पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको थियो । मंगलबार बिहान राईलाई बालाजु वृत्तबाट जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार राईलाई मंगलबार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गर्न लगिएको छ । उनीमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गर्न लागिएको हो ।

प्रहरीका अनुसार राईले विभिन्न शैक्षिक संस्था तथा निजी क्षेत्रसँग चन्दा माग गरेको र चन्दा नदिएमा भौतिक कारवाहीको चेतावानी दिएको प्रहरीले जनाएको छ ।

अखिल क्रान्तिकारीले विद्यार्थी एकता दिवसको अवसरमा मंगलबारमात्रै काठमाडौँमा कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रमको पूर्वसन्ध्यामा संयोजक राईलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।

बालाजुमा रहेको एक विद्यालयमा चन्दा माग गरी चन्दा नदिँदा धाकधम्की दिएको कसुरमा वैद्यनिकट विद्यार्थी संगठनका दुई कार्यकर्तालाई पक्राउ गरी यसअघि मुद्दासमेत चलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?