देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

लोकपथ
7
Shares

काठमाडौं । देशको विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकस्थित सडकमा ना.३७ प ४९०९ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले गएराति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका–८ बस्ने ३३ वर्षीय प्रविण कुँवर रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सप्तरीको कन्चनरूप नगरपालिका–१ बैरवास्थित सडकमा प्र.१–०४–००१ च ०५०२ नम्बरको पिकप भ्यानले साइकलयात्रीलाई ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका–१ बस्ने ५५ वर्षीय पञ्चेश्वर मण्डल रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?