बिलबिजक भन्दा बढी मदिरासहित एकजना पक्राउ

लोकपथ
63
Shares

धनुषा । धनुषामा बिलबिजक भन्दा बढी मदिरासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मिथिला नगरपालिका–४ बस्ने ३१ वर्षीय देव कुमार लामालाई सोही नगरपालिका–६ ढल्केवर चोकस्थित जनकपुर–ढल्केवर सडक खण्डबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरको बा.प्र.०१–००४ क २७२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा बिलबिजक भन्दा बढी ५९ लाख ४६ हजार ९ सय रूपैयाँ मूल्य बराबरको मुस्ताङ गोल्ड ब्राण्डको मदिरासहित पक्राउ गरेको हो ।

पक्राउ पश्चात बरामद मदिरा र ट्रकसहित आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?