जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
21
Shares

झापा । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुम आठराई गाउँपालिका–१ बस्ने १९ वर्षीय सबिन लाम्गादेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सबिनले ती किशोरीलाई कनकाई नगरपालिका–५ चप्रामारीमा आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?