छुट्टाछुटै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

लोकपथ
42
Shares

काठमाडौं । छुट्टाछुटै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीस्थित रामेछाप गोकुलगंगा गाउँपालिका–६ घर भएका ४० वर्षीय उमेश सुनुवारले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनुवार समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख ५२ हजार ५ सय ७५ रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी ललितपुरको ललितपुर महानगरपालिका–२५ फुलवारी मार्गस्थित सुर्खेती सेकुवा कर्नर होटलमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

मकवानपुर थाहा नगरपालिका–१२ घर भई ललितपुर भैसेपाटी बस्ने ३० वर्षीय श्याम तामाङ समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४८ हजार २ सय ७० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?