छुट्टाछुटै स्थानबाट अवैध लागुऔषधसहित तीनजना पक्राउ

लोकपथ
105
Shares

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।

झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगानबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित एकजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका–३ ज्ञानेचोक बस्ने २३ वर्षीय उज्वल मगर रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई चेक जाँच गर्ने क्रममा उक्त पदार्थसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

साथै झापाकै मेचिनगर नगरपालिका–६ पुरानो मेचिपुलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ७० मिलिग्रामसहित एकजना पक्राउ परेका हुन् । मैवाखोला गाउँपालिका–४ घर भई हाल इलाम माई नगरपालिका–४ दानाबारी बस्ने ३१ वर्षीय उमेश शेर्पा रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ७९७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटो चालक शेर्पालाई उक्त पदार्थसहित सोमबार राति पक्राउ गरेको हो ।

यसैगरी मोरङको बिराटनगर महानरपालिका–१६ हुलास चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५२० मिलिग्रामसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–१८ बस्ने २९ वर्षीय जेस राई रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।३१ प ३२५५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित सोमबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?