अनलाईनमार्फत ठगी गरेको आरोपमा महिला पक्राउ

लोकपथ
42
Shares

काठमाडौं । अनलाईनमार्फत ठगी गरेको अभियोगमा एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका–८ घर भई हाल काठमाडौं कुलेश्वर हाईट बस्ने २८ वर्षीया सुनिता गुरूङ रेहकी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले गुरूङलाई आइतबार काठमाडौं कुलेश्वर हाईटबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुक आईडी फ्लावर सप नागयाको म्यासेन्जरबाट कुराकानी गर्दै वैदेशिक रोजगारीको लागि जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फ्याक्ट्रीमा आकर्षक तलब रहेको भन्दै विश्वास दिलाई भिषा प्रोसेसिङको लागि भनी ४७ लाख ६८ हजार ७ सय १६ रूपैयाँ रकम ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

पक्राउ पश्चात गुरूङलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?