नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा कार्की

लोकपथ
147
Shares

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा नियुक्त भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक कार्की सोमबार नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा नियुक्त भएका हुन् ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?