कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

लोकपथ
77
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।

सोमबारको प्रदेश सभा बैठकमा ६२ जना प्रदेशसभा सदस्य उपस्थित बैठकबाट कार्कीले ५७ मत मत पाएका हुन् । ५ जना भने तटस्थ बसे ।

आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो ।

मुख्यमन्त्री कार्की संविधानको धारा १६८ (५) अन्तरगत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त मुद्दाको अन्तिम सुनुवाइको मिति जेठ ९ गतेलाई तोकिएको छ ।

मुख्यमन्त्री कार्की यसअघि २०७९ पुस २४ गते र २०८० भदौ १७ गते पनि मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?