राजीनामा दिएलगत्तै सर्वोच्च पुगे उपेन्द्र यादव

लोकपथ
175
Shares

काठमाडौं । राजीनामा दिएलगत्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन् ।

निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै जसपा नेपालका अध्यक्ष यादव सर्वोच्च पुगेका हुन् ।

उनले आयोगको निर्णयलाई खारेज गर्न माग गर्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दायर गराएका हुन् । अध्यक्ष यादवले दायर गरेको रिटको पेशी जेठ २ गतेका लागि तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?