टर्की पठाइदिन्छु भन्दै ४ करोड भन्दा बढी रकम ठगी, एकजना पक्राउ

लोकपथ
70
Shares

काठमाडौं । वैदेशिक रोजगारमा टर्की पठाइदिन्छु भन्दै ४ करोड भन्दा बढी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालीका -५ घर भइ हाल काठमाडौं चाबहिल बस्ने ४२ वर्षीय विनोद श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले टर्कीको युएन मिसन कार्यालयमा काम लगाइदिने र आकर्षक तलब हुने प्रलोभनमा पारी मिन बहादुर कार्कीसहित १२४ जना व्यक्तिहरुबाट ४ करोड भन्दा बढीरकम ठगी गरेर सम्पर्क बिहिन भएको भन्ने पिडितहरुको जाहेरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले श्रेष्ठलाई चाबहिलबाट पक्राउ गरेको हो ।

उनले विभिन्न व्यक्तिबाट सुरुमा ५० हजार लिएका थिए । त्यसपछि दिल्ली पुर्‍याएर प्रतिव्यक्ति ३ लाखका दरले पैसा उठाएर सम्पर्कविहिनभएका थिए ।

साथै अनुसन्धानका क्रममा श्रेष्ठले श्रीमती सुरुचि भुजेल र सालो सुजन भुजेलको खातामा रकम जम्मा गराउन लगाउने गरेको पाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । उनीहरू दुवैलाई पनि पक्राउ पुर्पक्षको लागी थुनामा रखेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?