काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिएका छन् । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएको यादवले बताए ।
लोकपथसँगको कुराकानीमा मन्त्री यादवले आफूले ममन्त्री पदबाट राजीनामा बुझाएको बताए । आफूसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा बुझाइसकेको यादवले बताए ।
हालसालै जनता समाजवादी पार्टी फुटेको थियो । अशोक राई समूहले जसपा फुटाएर नयाँ पार्टी दर्ता गरेपछि यादवले राजीनामा बुझाएका हुन् ।
आगामी बाटो के हो त भन्ने लोकपथको प्रश्नमा मन्त्री यादवले केन्द्रीय समितिको बैठक डाकिएको र बैठकको निर्णय अनुसार अगाडि बढ्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया