जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय लिने

लोकपथ
77
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्दैछ ।

बैठकमा पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सत्ता गठबन्धनबाट बाहिरिनेबारे निर्णय हुने जनाइएको छ । जसपा नेपालबाट पार्टी अध्यक्षसमेत रहेका उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन् ।

जसपा नेपालबाट यसअघि १२ सांसद् रहेकोमा अशोक राईले पार्टी विभाजन गरेसँगै राईसँग ७ र यादवसँग ५ सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?