मधेश सरकारबाट माओवादी बाहिर, दुई मन्त्रीको राजीनामा

लोकपथ
147
Shares

काठमाडौं । माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहीरीएको छ ।

माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएसँगै मधेश सरकारबाट बाहीरीएको हो ।

उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले मधेश भवन पुगेर मुख्यमन्त्री यादवलाई राजीनामा दिएका हुन् ।

माओवादीले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ । जनता समाजवादी पार्टी नेपाल विभाजन भएपिछ सो पार्टीले सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै माओवादी केन्द्रले समर्थन फिर्ता लिने भएको हो ।

यस्तै आजै नेकपा एमालेका मन्त्रीले पनि राजीनामा दिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?