फेवाताल जलकुम्भी सरसफाई अभियानको शुभारम्भ

लोकपथ
21
Shares

कास्की । पोखराको फेवातालमा हरेक बर्ष गरिने जलकुम्भी सरसफाई अभियानको शुभारम्भ गरिएको छ । ‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरादारी’ नारासहित अभियान सुरु गरिएको हो ।

आइतबार विहान पोखरा–१८ खपौदी ढल्केबरस्थित फेवतालमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा जलकुम्भी सफाइ अभियान सुरु भएको हो ।

हरेक बर्ष चैत्रमा हुने उक्त कार्यक्रम विविध कारणले ढिला हुन गएकाले बैशाखको अन्तिम साता प्रारम्भ भएको हो । आइतबार पहिलो दिन सशस्त्र प्रहरी, नेपाली सेना, महानगरिय प्रहरी, स्थानीय आमा समूह, नागरिक समाज, रेवान, सामाजिक संघसंस्था, पत्रकारहरुले सरसफाइमा भाग लिए ।

सोमबारदेखि जलारी समुदायले ज्यालासहित जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता दिने पोखरा महानगरपालिका–६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले जानकारी दिए ।

आइतबारको कार्यक्रममा पोखरा महानगरका वडा नं.६ र १८ का वडाध्यक्षसहित रेवान, विभित्र समूहका अभियन्ताहरु, आमा समूहहरु , जलहारी समुदाय, पर्यटन ब्यावासायी, सशस्त्र प्रहरीको कालिका गण, नेपाली सेनाको कृष्णदल गण, रणचन्डी गण, पोखरा महानगरको महानगरी प्रहरीलगायत स्थानीय र संचारकर्मी गरि करिब तीनसय जनाको सहभागिता रहेको थियो ।

नागरिक महाअभियान कास्कीका संयोजक समेत रहेका रामबहादुर पौडेलको अध्यक्षता भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हे.क्वा कास्कीका गणपति एसपी अरुण पौडेल शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?