मधेश सरकारबाट बाहिरिँदै एमाले

लोकपथ
308
Shares

काठमाडौं । नेकपा एमाले पनि मधेश सरकारबाट बाहिरिने भएकाे छ।

एमालेले आजै मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिने भएकाे हाे ।

एमाले केन्द्रीय नेतृत्वले मधेश सरकार छाड्न प्रदेशस्तरीय दलका नेतालाई निर्देशन दिएको छ । यस्तै माओवादी केन्द्र पनि मधेश सरकारबाट बाहिरिने भएकाे छ।

जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भएको छ । मधेशमा जसपा नेपाल बाहेकको सरकारको अन्तरिक प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?