मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने तयारीमा माओवादी केन्द्र

लोकपथ
154
Shares

काठमाडौं । माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भएको छ ।

जनता समाजवादी पार्टी नेपाल विभाजन भएपिछ सो पार्टीले सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै माओवादी केन्द्रले समर्थन फिर्ता लिने भएको हो ।

माओवादी केन्द्रले मधेश सरकारबाट आजै मन्त्री फिर्ता बोलाउने र सरकारबाट समर्थन फिर्ता लिने बताइएको छ ।
माओवादी केन्द्रबाट मधेश सरकारमा दुई जना मन्त्री छन् । मधेश प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?